२ कार्तिक २०८३, सोमबार

महिला सहयात्रालाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले राष्ट्र बैंकबाट पायो सैदान्तिक स्वीकृति



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैदान्तिक स्वीकृति पाएको छ । दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि राष्ट्र बैंकले बैशाख १५ गते सैदान्तिक स्वीकृति प्रदान गरेको हो ।

अब दुवै संस्थाले आफ्नो विशेष साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरि अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएर स्वीकृति पाएपछि एकिकृत करोबार हुने छन् ।

नेशनल माइक्रोफाइनान्सको पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, यता ११ करोड चुक्ता पूँजी भएको महिला सहयात्रा लघुवित्तले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ ।