११ श्रावण २०८३, सोमबार

राजिनामा गरेकै दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने शंकर पोखरेल, सांसद पाण्डेले दिए राजिनामा



काठमाडौं । राजिनामा गरेकै दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनःशंकर पोखरेल नियुक्त भएका छन् ।

आइबतार प्रदेशसभामा अविश्वासको प्रश्ताप पेश हुने कार्यसुची रहेको थियो । तर मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजिनामा दिएका थिए ।

अविश्वासको प्रश्तावबाट बच्न राजिनामा दिएका मुख्यमन्त्री पोखरेल आजै बहुमतप्रप्त दलको मुख्यमन्त्री बनेका हुन । पोखरेललाई एमाले संसदिय दलले पुन मुख्यमन्त्रीमा प्रश्ताव गरेको थियो ।

पोखरेल मुख्यमन्त्री बनेको केही बेरमै एमाले प्रदेशसभा सदस्य नारायण पाण्डेले राजिनामा दिएका छन । पाण्डे कपिलबस्तु २ ९क० बाट निर्वाचित भएका हुन ।