वैशाख २७ गते प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले विश्वासको मत लिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभा बैठक बोलाएकी छन् । आइतबार सरकारले संसद् अधिवेशन आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार वैशाख २७ गते सोमबारका दिउँसो १ बजे बैठक आह्वान गरिएको हो । सोही दिन प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने बताइएको छ ।
















