केहि अवधिका लागि निषेधाज्ञा जारी, थप कडाई गरिनेः प्रधानमन्त्री ओली
काठमाडौं । केहि अवधिका लागि लकडाउन लगाउने सरकारको निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन लगाउनुको विकल्प नभएको उनको भनाई छ ।
उनले भने, “एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केहि अवधिका लागि निषेधाज्ञा जारी गरिएको छ, यसलाई थप कडाई गरिँदै छ र प्रभावकारी ढंगले कार्यान्वयन गर्न पहिले झै अपेक्षा सरकारले राखेको छ ।”
सरकारी कार्यालायमा एक चौथाई कर्मचारीबाट काम गर्न निर्देशन दिईएको उनले जानकारी दिए । काठमाडौं उपत्यका तथा निजी अस्पताललाई कोभिड–१९ को उपचारको लागि व्यवस्थनपन गर्न उनको भनाई छ ।
कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नुहने उनले बताए । तीनै प्रदेश सरकारसँग समन्वय गरिने उनको भनाई छ । त्यस्तै, हालसम्म ३ लाख ७० हजारले दोस्रो चरणको खोप लगाएको उनले दावी गरे ।















