सरकार धर्मराएपछि ओलीले बोलाए आकस्मिक स्थायी कमिटि
काठमाडौं । देश कोरोनाले ग्रस्त भैरहेको बेला नेपालको राजनिती पनि संकटग्रस्त बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैसाख २७ गते संसदबाट विश्वासको मत लिने मिति नजिकिए संगै ओली सरकार पनि धरमराएको छ ।
बुधबार विश्वासको मत माग्न प्रतिपक्ष दल नेपाली कांग्रेस सभापती देउवा निवास पुगेको भोलीपल्ट ओली आकस्मिक स्थायी कमिटि बैठक बोलाएका छन । प्रधानमन्त्री ओली विरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजबादीका नेता उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्ष लागिरहेको बेला ओली सरकार धरमराएको हो ।
ओलीले आफ्नो सरकारले आफ्नै पार्टीका माधव नेपाल पक्षबाट पनि विश्वासको मत नपाउने अवस्थामा भावी रणनिती तय गर्न स्थायी कमिटिको आकस्मिक बैठक बोलाएका छन ।













