कर रकम भुक्तानीको समय थप गर्न क्यानको माग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कर रकम भुक्तानीको समय थप गर्न क्यानको माग



काठमाडौं । कर रकम भुक्तानीको समय थप गर्न क्यान महासंघले माग गरेको क्यानले आज एक विज्ञप्ति जारि गदै कोरोना भाइरस संक्रमणका वश्वभर फैंलिदै गैरहेको नयां प्रकारको कोभिड–१९ को महामारी र यसको संक्रमण दर नेपालका अधिकांश भागमा तिब्ररुपमा वढिरहेको हुंदा संक्रमणको रोकथाम र नियन्त्रणको लागी नेपाल सरकारमन्त्रिपरिषदको निर्णय, संक्रामक रोग ऐन र स्थानिय प्रशासन ऐन अनुसार देशका दुइ तिहाई भन्दा वढि जिल्लाहरुमा निषेधाज्ञा जारी, नेपाल सरकारसंग बारम्बार अनुरोध गर्दा पनि सुचना तथा संचार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पर्न नसकेको अवस्था, निषेधाज्ञाका कारण काठमाण्डौं उपत्यका लगायतका कतिपय जिल्लामा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन नपाउने ब्यबस्था, सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा पनि रोकका कारण कार्यालयसम्म पुग्न र विवरणहरु लिन नसकिने अवस्था भएको हुंदा क्यान महासंघ नेपाल सरकारलाई मूल्य अभिबृद्धि कर, अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गर्न अनुरोध गरेको छ ।


साथै, कतिपय स्थानमा कर्मचारीहरू आफै संक्रमित भएको अवस्था तथा स्वास्थ्य संवेदनशीलताका कारण कर्मचारीहरू कार्यालयसम्म आउन–जान सक्ने अवस्था नभएका कारण समेत तोकिएको समयमा कर विवरणहरु वुझाउन र कर रकम भुक्तानी गर्न सकिने अवस्था नहुंदा २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेमा जरिवाना लाग्ने ब्यबस्था अव्यवहारिक रहेको र यसमा सहुलियतपुर्ण ब्यबस्था गरिदिन क्यान महासंघले नेपाल सरकारसंग माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्