ग्रामिण विकास लघुवित्तको ४५७.२३ प्रतिशतले नाफामा छलाङ, अन्य सबै सूचकमा फड्को मार्यो
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिको तुलनामा ४५७.२३ प्रतिशत बढि नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाले ५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको यस अवधिमा संचालन नाफा नै ८६० प्रतिशतले बढेर २९ करोड ७५ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा सञ्चालन मुनाफा ३ करोड १० लाख १९ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी २९.८९ प्रतिशतले बढेर ८६ करोड १५ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ६६ करोड ३३ लाख रुपैयाँ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको निक्षेप ९.८१ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड ६९ लाख ३३ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले निक्षेप ३ अर्ब ५८ करोड ५२ लाख ६ हजार रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको कर्जा १८.९४ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड ६३ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ३१.८८ प्रतिशतले बृद्धि भएर ७४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९६ पैसाबाट ३८ रुपैयाँ ७९ पैसा पुगेकोे छ । प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ २७ पैसा छ । कम्पनीको खराब कर्जा ७.८१ प्रतिशतबाट ३.२८ प्रतिशतमा खुम्चिएको छ ।













