२७ श्रावण २०८३, बुधबार

बादल बने राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेदवार



काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभाको उप-निर्वाचनमा एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

यसअघि नेकपाबाट उम्मेदवार बनेर राष्ट्रियसभा सदस्य रहेका बादल एमाले प्रवेश गरेपछि उनको पद रिक्त भएको थियो । माओवादी पृष्ठभुमिका नेता बादल दुई पार्टी अलग हुने सर्वोच्च अदालतको निर्णय पछि उनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका थिए ।

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले नेताहरुको बैठकले नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादललाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभाको उप-निर्वाचन वाग्मती प्रदेशका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । गृहमन्त्री थापाले शुक्रबारै र्विाचन कार्यलय हेटौडा पुगेर उम्मेदवारी दर्ता गराएका छन ।