२४ भदौ २०८३, बुधबार

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु



काठमाडौं । नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ७८७ पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना समेत गणना गर्दा आइतबार मृतक संख्या ८८ रहेको मन्त्रालयले बताएको छ । आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । योसहित नेपालमा ३ हजार ६८४ जना संक्रमितको निधन भएको छ ।