प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप, माधव नेपाल पक्षलाई फकाउँदै ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली संसदमा विश्वासको मत लिने कायैसुची रहेको छ । संसदमा अल्पमतमा परेपछी प्रधानमन्त्रीले संबिधान अनुसार विश्वासको मत लिनुपर्छ ।
भोली सोमबार प्रतिनिभि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले संसदिय दलले ह्वीप जारी गरेको छ । एमाले सांसदहरुले संसदमा उपस्थिती भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न संसदिय दलले आग्रह गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम संसदीय दलको नेताको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन ।

उता प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भन्दै सामुहिक राजीनामाको पक्षमा देखिएका पार्टी बरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरु देखिएका छन । प्रधानमन्त्री ओलीले आजै एक विज्ञेप्ती जारी गरी कसैलाई काखा र पाखा नगर्ने भन्दै पार्टी एकताको महाअभियानमा लाग्न सम्पुन एमाले कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।















