२७ श्रावण २०८३, बुधबार

प्रतिनिधिसभा आज १ बजे बस्दै, प्रधानमन्त्रीमाथी मतदान हुने



काठमाडौं । आज बैसाख २७ गते प्रतिनिधिसभाको बैंठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार अल्पमतमा परेपछि विश्वासको मतको लागी संसलको विषेस अधिवेसन आह्वान गरेका थिए ।

आज १ बजे प्रतिनिधिसभाको बैठक बस्ने कार्यसुची रहेको छ । आज दिउसो संसदमा प्रधानमन्त्रीमाथी मतदान हँदैछ । उता आफ्नै पार्टीका नेता माधव नेपाल पक्षले प्रधानमन्त्री स्वच्छेचारी तरीकाले सरकार र पार्टी चलाएको भन्दै आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तयारीमा छ ।

पार्टीमा माधव नेपाल पक्षीय २० सांसदले राजिनामा दिने तयारी छ । सो अवस्थामा प्रतिपक्ष कांग्रेसलाई सरकार बनाउन बहुमत पुग्नेगरी सजिलो बनाउने ध्याउन्नमा माधव नेपाल पक्ष रहेका छन । सो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत गुमाउने संभावना उत्तिकै छ ।

संसदमा चौथो ठुलो दल जनता समाजवादीले पनि प्रधानमन्त्रीको पक्षमा मतदान नगर्ने जनाइसकेको छ । जसपाका आधा सांसदले सरकारको विपक्षमा मतदान गर्नेछन भने आधा सांसद तटस्थ बस्ने जनाइसकेका छन् ।

यस्तो छ संसदमा जोडघटाउ

प्रतिनिधिसभामा हाल कायम रहेका २७१ सांसदमध्ये बहुमतका लागि १३६ मत प्राप्त गर्नुपर्ने हुन्छ । एमालेसँग १२१ भोट छ, एमालेको सबै मत प्रधानमन्त्रीले पाउने अवस्था छैन । सबै मत पाउने अवस्थामा पनि १५ मत अन्य दलबाट ल्याउनुपर्ने हुन्छ । जसपाले तटस्थ बस्ने निर्णय नै गरिसकेको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना लगभग कम बन्दै गएको छ ।