एसईई र कक्षा १२ को परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डकोे भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
यही जेठ १३ गते एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परिक्षा तय भएको थियो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दुबै परीक्षा अर्काे निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन ।
परिक्षा अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय गरेको पौडेलले बताए ।












