थप १५ दिन उपत्यकामा निषेधाज्ञा गर्न सिफारिस
काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । आज बसेको डीसीसीएमसीको बैठकले उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप गर्न सिफारीस गरेको छ ।
१५ दिन निषेधाज्ञा भएसंगै आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्बिने छ । १ हप्ता थप भएको निषेधाज्ञा २९ गते सकिँदैछ ।












