संसदमा प्रचण्डको ओलीलाई प्रश्न, फेरी विघटनको बाटो रोज्न विश्वासको मत लिन लाग्नुभएको हो ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले फेरी संसद विघटन गर्ने डरले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताए ।
दुई पार्टी अलग भैसकेपछि ३० दिनभित्रै विश्वासको मत लिनुपर्नेमा प्रधानमन्त्रीले गतलबाटोबाट संसदको विषेस अधिवेसन बोलाईएको बताए । दुई पार्टी अलग भएपछि हामीले विश्वासको मत झिकेपछि फेरी संसद विघटन हुने डरले समर्थन फिर्ता नलिएको रहस्य उद्घाटन गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नियमित अधिवेसन बोलाउन सक्नुहुनथ्यो ? भन्दै प्रश्न गरेका प्रचण्डले नियमित अधिवेनस बोलाउनुपर्ने बताए । उनले बजेट तथा निती तथा कार्यक्रममाथी छलफल गर्नुपर्ने बेला भएको बेला विषेस अधिवेसन बोलाउन मिल्दैन भनेर प्रश्न गरेका छन ।
प्रचण्डले भावुक हूदै भने केपी ओली मुखमा एउटा अनुहारमा अर्कै रहेको व्यक्ति भएको बताएका छन । प्रचण्डले आफु मनमा लागेको कुरा भन्ने तर ओलीमा जालसांजी रहेको बताए ।
म फकाए फकिने मान्छे
प्रचण्डले आफु फकाए फकिने व्यक्ति रहेको बताएका छन । धेरै पटक फकाउनुभयो म फकिएँ । तर ओलीमा दम्भ र अहम ज्यादा रहेको आरोप लगाएका छन ।
रथयात्राले कोरोना फैलीयो
प्रचण्डले संसद विघटनपछि प्रधानमन्त्री जस्तो मान्छे अनुशासनमा नबजी रथ यात्रामा लागेकाले कोरोनाको संक्रमण फैलिएको बताएका छन । राजनितीक रथयात्रा अलि पछि गरेको भए हुनथेन ? कोरोना त्यसैले फैलियो ।













