जेठदेखि बिजुली बाल्ने तयारीमा रहेको माथिल्लो तामाकोशीको नोक्सानी ३ करोड ५० लाख रुपैयाँ
काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५० लाख रुपैयाँ नोक्सानी रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनी ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।
दोलखामा ४५६ मेगावाट क्षमताको आयोजना निमार्ण गरिरहेको आयोजनाले जेठको दोस्रो साताबाट पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष राखेको छ । त्यसको ३ महिनाभित्रै ६ वटा युनिटबाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रुपैयाँ छ । उसको ४० अर्ब ५ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३३ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९४ पैसा छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १९ पैसा ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा छ ।
रिटेन्ड अर्निङ शीर्षक ८२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १ लाख ३० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।













