एमालेका वरिष्ठ नेता झलनाथ खनाल डिस्चार्ज
कठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुने भएका छन् ।
कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा बैशाख १८ गते शनिबारदेखि उपचाररत खनालको २ दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकहरुको सल्लाहअनुसार उनी आजै डिस्चार्ज हुने नर्भिक इन्टरनेशनल हस्पिटले एक सुचना जारी गदै जानकारी दिएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।













