सान्जेनको निमार्ण अवधि लम्बिँदै जाँदा २ करोड १२ लाख रुपैयाँ घाटा
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २ करोड १२ लाख रुपैयाँ घाटा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको घाटा १ करोड ५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको निर्माण समयावधि लम्बिदैँ गएपछि कम्पनीको घाटा पनि बढेको हो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ करोड ८७ लाख ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको ४ अर्ब ८५ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ८६ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ छ ।
कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । हालसम्म माथिल्लो सान्जेनको ९० प्रतिशत तथा सान्जेनको ७९ प्रतिशत भौतिक काम सम्पन्न भएको कम्पनीले जनाएको छ । माथिल्लो सान्जेनको २०७८ पुससम्म र सान्जेनको २०७९ अषाढ मसान्तसम्मा काम सम्पन्न भई संचालनमा आउने कम्पनीले बताएको छ । तर, विश्वव्यापी कोभिडको असरको कारण भएको लकडाउन, सीमा व्यापार र आवागमनमा भएको रोकावटका कारण चिनियाँ ठेकदार कम्पनीले आवश्यक उपकरण र जनशक्ती आयोजनास्थलमा ल्याउन नसकेकाले आयोजना निर्माणमा ढिलाई हुने कम्पनीले बताएको छ ।













