२४ भदौ २०८३, बुधबार

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि बन्द



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा आवेदन फारम र रजिष्ट्रेशन फारम भर्ने समय स्थगित गरेको जानकारी दिएको छ ।

उक्त सुचनामा हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड– १९ को दोस्रो लहरको प्रकोपबाट सम्पूर्ण मुलुक आक्रान्त भइरहेको अवस्थामा यसअघि प्रकाशित सूचनाअनुसार तय भएको स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन भर्ने समय स्थगित गरिएको उल्लेख गरिएको छ ।

यस्तो छ परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सुचना :