हकप्रद जारी गर्ने तयारीमा रहेको अपी पावरको नाफा १०८.१६ प्रतिशतले छलाङ, जगेडा कोष १०७.६७ प्रतिशतले छलाङ
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०८.१६ प्रतिशतले बढेर १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ६ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १८.८८ प्रतिशतले बढेर २८ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस अवधिमा कमपनीको अन्य स्रोतबाट हुने आम्दानी पनि बढेर ६ करोड २९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा अन्य स्रोत आम्दानी १५ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा चुक्ता पूँजी १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष १०७.६७ प्रतिशतले बढेर २८ करोड १ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १३ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ८.७२ रुपैयाँ रहेको छ । पीई रेसियो ३९.४३ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११४.५२ रुपैयाँ रहेको छ ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १ः०.२९३८ अनुपातमा हकप्रद जारी गर्दै छ । जसअनुसार १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर कम्पनीले सेयरधनीहरुका लागि जारी गर्नेछ । कम्पनीले यो दोस्रोपटक हकप्रद जारी गर्न लागेको हो । कम्पनीको यो हकप्रदलाई धितोपत्र बोर्डले गत वैशाख १९ गते निष्कासन अनुमति दिएको थियो । कम्पनीले हकप्रदको मिति भने तय गरिसकेको छैन ।













