२७ श्रावण २०८३, बुधबार

नेपालमा थप ८८४२ जनामा कोरोना संक्रमण, २१४ जनाको कोरोनबाट मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८८४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा यति संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५०५५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्याको ३ लाख २१ हजार ५१८ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१४ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४४६ जना पुगेको छ ।