४ घण्टा लामो छलफलमा पछि मिल्यो ओली र नेपालको वार्ता, जेठ २ मा नफर्किने, फागुन २८ गतेको निर्णय फिर्ता हुने
काठमाडौं । दिउसो २ बजेदेखी एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल पक्षबिचको वार्ता सकिएको छ । वर्तामा दुई नेताविच कुरा मिलेको बरिष्ठ नेता माधव नेपालले पत्रकारहरुलाई जानकारी दिएका छन ।
एमाले अध्यक्ष ओली र नेत नेपालविच क्याप्टेन रामेश्वर थापाको घर चपली हाइटमा ४ घण्टादेखीको वार्ता भर्खरै सकिएको छ । वार्तामा दुई नेताविच फागुन २८ गतेको निर्णय खारेज गर्ने विषयमा सहमती भएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २०७५ जेठ २ मा पार्टिलाई फर्काउन गरेको निर्णयमा कार्यदल बनाउने सहमती भएको छ । २०७५ जेठ २ मा फर्कन ओली तयार छैनन । हाललाई एमाले भित्रको विवाद टरेको छ ।

माधव नेपाल पक्षीय सांसदहरुले राजिनमा नगर्ने र मिलेर जाने सहमती भएको छ । एमालेका माधव पक्षका सांसदहरुले राजिनामा नदिने भएका छन । अव पुन केपी शर्मा ओलीनै प्रधानमन्त्री बन्ने भएका छन । संबिधानको धारा ७६ (३) अनुसार ठुलो दलको संसदिय दलको नेतानै प्रधानमन्त्री बन्ने लगभग निष्चीत भएको छ ।













