तेस्रो पटक केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ शुक्रबार २ बजे
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष ओलीले आज पद तथा गोपनियताको सपथ लिँदै छन् । प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे २ बजेलाई तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएपछि प्रधानमन्त्रीमा ओली नै नियुक्त भएका हुन् ।













