एमाले भित्रको विवाद समाधन उन्मुख, जेठ २ मा फर्कन बन्यो १० जनाको जम्बो कार्यदल
काठमाडौं । नेकपा एमाले भित्रको लामो विवाद समाधन उन्मुख देखिएको छ । सत्तारुढ दल एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालपक्षविच देखिएको विवाद समाधानतर्फ अघि बढेको छ ।
गत विहिबार केपी ओली र माधव नेपालविच काठमाडौंको चपली बैठकबाट विवाद समाधान गर्ने सहमती भएको थियो । माधव नेपालले २०७५ जेठ २ मा फर्कन प्रश्ताव राखेका थिए । सो प्रश्तावबारे छलफल गर्न १० नेता सम्मिलित कार्यदल बनेको छ ।
कार्यदलमा एमालेका बरिष्ठ नेताहरु रहेका छन । अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन ।

त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । कार्यदलले ३ दिनभित्र कार्ययोजना ल्याउने बरिष्ठ नेता माधव नेपाले बताए ।













