ट्राफिक व्यवस्थापनका निमित्त ५ लाख बराबरको सामाग्रीहरु हस्तान्तरण
काठमाडौं । बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाको ट्राफिक व्यवस्थापनका निमित्त आज एक कार्यक्रम वीच विभिन्न उपकरण तथा सामाग्रीहरुको हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरी, प्रहरी उपरीक्षक राज कुमार सिलवाल समेतको उपस्थितिमा प्रदेश सरकार भौतिक पुर्वाधार, विकास मन्त्रालय मार्फत यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुखले आज एक कार्यक्रम वीच बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुखलाई संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका छन ।
बागमती प्रदेश प्रहरी कार्यालयको सक्रियता एवम् समन्वयमा समग्र प्रदेशको ट्राफिक आवागमनलाई सु–व्यबस्थित बनाउन दुई चरणमा अंदाजी ३ करोड बराबरको सामान आवश्यक रहेकोले सो सामाग्रीहरु खरिदको लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई प्रस्ताव पेश गरेकोमा सो सम्बन्धमा आगामी आर्थिक वर्षको वजेटबाट व्यवस्थापन गर्ने तथा तत्कालका लागि मकवानपुर र चितवनको लागि ५/५ लाखको ट्राफिक उपकरण उपलब्ध गराई ट्राफिक व्यबस्थापनका लागि सरोकारवालसंगको वृहत अन्तर्कियाका लागि थप ३/३ लाख उपलब्ध गराउने निर्णय कार्यालयको सक्रियता तथा विशेष पहलमा रु. ५ लाख बराबरको लागतमा Breath Analyzer with printer-२, Magic Light -१०, Wheel Lock-१०, Florecent Jacket -३८, Checking Board with Wheel (Metal) -१, Body Worn Camera -१, PVC Cone-२०२० थान गरी विभिन्न ८ प्रकारका ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण सम्बन्धी उपकरणहरु तथा अन्य सामाग्रीहरुको मकवानपुर जिल्ला अन्तर्गत प्रयोग गर्ने गरी हस्तातरण भएको छ ।













