संसद अधिवेशन जेठ ९ गते बोलाउने, ओलीले विश्वासको मत नलिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ९ गतेका लागि संसद अधिवेशन बोलाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्ने भएका हुन् ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ ।















