२७ श्रावण २०८३, बुधबार

नयाँ सरकारकाे लागी बहुमतको दावि पेश गर्न राष्ट्रपतिले दिइन २१ घण्टा, संसद विघटनको बाटोतर्फ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छन् ।

आज राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गदै दलहरुलाई जेठ ७ गते ५ बजेभित्र प्रतिनिधि सभामा विश्वासकाे मत प्राप्त गर्ने आधारसहित नेपालको संविधानको धारा ७६ को २ बोमोजीम प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकि छिन । बहुमत हासिल गर्ने आधारसहित आउने त्यस्ताे सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन ।

आज बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको नयाँ सरकार गठनका लागि प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

धारा ५ बमाेजिम भाेलि दिउँसाेसम्म काेही पनि सांसदले बहुमत पुर्याउने आधारसहित राष्ट्रपतिसमक्ष दाबी गर्न नसके भाेलि नै प्रधानमन्त्रीकाे शिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्छिन्।