सिनर्जी पावरको नाफामा १३.५४ प्रतिशतले गिरावट आयो, विद्युत् बिक्री आम्दानी १०.४५ प्रतिशतले घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिनर्जी पावरको नाफामा १३.५४ प्रतिशतले गिरावट आयो, विद्युत् बिक्री आम्दानी १०.४५ प्रतिशतले घट्यो



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १३.५४ प्रतिशत घटेर ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी १०.४५ प्रतिशतले घटेर १५ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले बिक्री आम्दानी १६ करोड ८० लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी १४ लाख ८० हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ३१ हजार रुपैयाँ ब्याज आर्जन गरेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ७ लाख ७७ हजार रुपैयाँ ऋणात्मक थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ७३ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३९ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी २४.०५ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्