देशको अमुल्य समय बर्बाद भयो : प्रधानमन्त्री ओली
काठमाडौं । देशको अमुल्य समय बरबार्द भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । आज पत्रकार सम्मलेन गदै उनले सरकारले काम गर्न नपाएको बताएका हुन । उनले बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पेरी अन्य दलले बहुमतको संसदलाई प्रधानमन्त्रीको लागि पेश गर्न नसकेपछि फेरी केपी नै बहुमतको दलका हिसाबमा प्रधानमन्त्री भएका छन । तर फरी पनि विश्वासको मत आउने आधार नभएके भन्दै ओलीले विश्वासको मत नलिगिकन नयाँ सरकार गठनको बाटोमा जाने निर्णय गरेको बताएका छन ।
सम्मलेनमा बोल्दै उनले भैरहेको सरकार ढाल्न पर्ने र नयाँ सरकार पनि बनाउन नसेको बताएका छन । उनले अन्य दलले नयाँ सरकार गठनको प्रक्रियामा पनि नगएको र आफुलाई काम गर्ने वातावरण नदिएको बताएका छन । उनले लोकतन्त्रको समेत धज्जी उडाउने काम भएको पार्टिको आदेश पालना नभएको र दलिए मान्यता विपरीत सांसदहरु गएको पनि बताएका छन ।
उनले जेठ १५ भित्र बजेट ल्याउनको लागि आफसले बाटोखोदिएको पनि बताएका छन । त्यसैगरी उनले अन्य दललाई वैकल्पीक सरकार बनाए आफुले र आफनो दलले रचनात्मक सहयोग गर्ने पनि ओलीले बताएका छन ।













