मलाई सरकार चलाउन मनै छैन, दिक्क भइसकेँः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेको र दिक्क भैसकेको बताउका छन् । दिनदिनै आफ्नो बदनाम र चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आफू दिक्क भएको पनि ओलीले बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘मलाई सरकार चलाउन मनै छैन, दिक्क भइसकेँ, मलाई थप सरकार चलाउनु छैन, यस्तो असहयोगका बेला पनि सरकार चलाउन सकिन्छ, दिन दिनै बदनाम गरेको छ, चरित्र हत्या गरेको छ, विरोधका लागि विरोध गरेको छ ।’
ओलीले आफूलाई सरकार चलाउन मन नभएकाले राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्न सिफारिस गरेको बताए । तर ओलीले नयाँ प्रक्रियामा सरकारको दावी गर्ने बताएका छन् ।












