मिर्मिरेको सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्री सहयोग
काठमाडौं । पछिल्लो समयमा लघुवित्त क्षेत्रमा काम गर्ने मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कोरोनाको महामारीमा फ्रन्टलाइनमा काम गर्ने प्रहरी तथा ट्राफिकहरुलाई कोभिड विरुद्ध स्वास्थ्य सामाग्रीहरु वितरण गरिरहेको छ । देशव्यापीरुपमा संजाल विस्तारसहित सेवा प्रवाह गरिरहेको मिर्मिरेको इटहरी क्षेत्रीय कार्यालय सुनसरीले इटहरी इलाका प्रहरी कार्यालय सुनसरी लाइ स्वस्थ्य सामग्री face viser, Mask Senitizater, gloves ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी अर्जुन केसीलाई हस्तान्तरण गरिएको छ । सो सामान क्षेत्रीय कार्यालय प्रमुख सुशिल बुढाले हस्तान्तरण गरेका हुन् ।
त्यसै गरि क्षेत्रीय कार्यालय इटहरीका प्रमुख बुढाले आजै मोरङ स्थित रंगेली इलाका प्रहरी चौकी पुगेर असई कृष्ण प्रसाद पोखरेललाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरे । अहिले देशका विभिन्न क्षेत्रहरुमा संस्थाले राहत वितरणको कार्यलाई तिव्र बनाएको छ । प्रहरीहरुसंगै स्वास्थ्य सेवा प्रदायकहरु तथा सदस्यहरुलाई प्रत्यक्ष राहत वितरण गरिंदै लाने संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जानकारी गराए ।











