१ कार्तिक २०८३, आइतबार

ओलीले बोलाए स्थायी समिति बैठक, माधव नेपाल सहित ११ जनालाई कारवाही हुनसक्ने



उषा रेग्मी

काठमाडौ । प्रधनमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन । आज दिउँस ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । शुक्रबार राती संसद विघटन गरेर निर्वाचन घोषणा भैसकेको अवस्थामा कसरी अघि बढ्ने भन्ने सन्र्दभमा बैंठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

गत शुक्रबारनै विपक्षी गठबन्धनका उम्मेदवार कांग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दै राष्ट्रपति भवन गएपछि प्रधानमन्त्री ओलीले नेता नेपाललगायत ११ नेतालाई कारवाही गरेका छन ।

देउवालाई प्रधानमन्त्री बनाउन पार्टी निर्देशन विपरित शनिबार हस्ताक्षेर गरेकामध्ये ११ जना माधव नेपालपक्षका सासंदलाई स्पष्टिकरण सोधेका थिए । स्पष्टिकरणको म्याद आज सोमबार सकिएकाले ओलीले आजै कारवाही गर्ने संभावना रहेको छ ।

प्रधानमन्त्री ओलीले शनिबारै पत्र पठाएर माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।