नुवाकोटका सासंद खतिवडासहित २३ सांसद माधवतिर खुले, आफ्नै प्रधानमन्त्रीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नुवाकोटका सासंद खतिवडासहित २३ सांसद माधवतिर खुले, आफ्नै प्रधानमन्त्रीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर



काठमाडौं । शुक्रबार मध्यरातमा भएको संसद विघटनको विपक्ष र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि विपक्ष गठबन्धनले हाल्न लागेको रिटमा नुवाकोट माधव नेपाल पक्षका सांसद नारायण खतिवडासहित २३ जना सांसदले हस्ताक्षर गरेका छन ।

हिजो आइतबारसम्म १८ जना सासंदले हस्ताक्षर गरेका थिए । भने आज थप ५ जना सांसदले हस्ताक्षर गरेको नेपाल पक्षिय एक नेताले जानकारी दिएका छन ।

अहिले माधव पक्षका २३ सांसदले हस्ताक्षर गरिसकेका छन भने केही हस्ताक्षर गर्न आउन लागेको माधव पक्षले जनाएको छ ।आज हस्ताक्षर गर्नेमा नारायण खतिवडा, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने,मेटमणि चौधरी र दिपक प्रकाश भट्ट रहेका छन ।

यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा हाल्न लागेको रिटमा हस्ताक्षर गर्ने २३ सांसद :

  1. जीवन राम श्रेष्ठ

2. कुष्ण लाल मर्हजन

3. विरोध खतिवडा

4. झपड बहादुर रावल

5. सोम प्रसाद पाण्डे

6. भवानी प्रसाद सापकोटा

7. माधव कुमार नेपाल

8. झलनाथ खनाल

9. लक्ष्मी कुमारी चौधरी

10. कलिला खातुन

11. राम कुमारी झाक्री

12. सुरेन्द्र पाण्डे

13. सरला कुमारी यादव

14. घनश्याम भुसाल

15. पुष्पा कर्ण कायस्थ

16. भवानि प्रसाद खापुङ्ग

17. निरा देवी जैरु

18. कल्याणि खड्का

19. नारायण खतिवडा

20. मुकुन्द न्यौपाने

21. मेटमणि चौधरी

22. दिपक प्रकाश भट्ट

23.पवित्रा निरौला


प्रतिक्रिया दिनुहोस्