युनियन लाइफको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो बार्षिक साधारण सभा भर्चुअल माध्यमबाट रुपन्देहीको रजिष्ट्रार कार्यालयमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७५–०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७५–०७६ को लेखापरिक्षणको प्रतिवेदन वासलात तथा वित्तीय विवरण माथि छलफल गरी पारित गरिएको छ ।
त्यस्तै, सभाले हाल बाहलवाला लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टस् लाई पुनः नियुक्त गरेको छ ।













