रसुवागढी हाइड्रोपावरको नोक्सानी २ करोड ४६ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ५३ पैसाले ऋणात्मक
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ४६ लाख रुपैयाँ नोक्सानी रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन घाटा २ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन घाटा ३ करोड २३ लाख रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमासमा कम्पनीको चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङ्ग २२ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष रिटेन्ड अर्निङ १९ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ५३ पैसाले ऋणात्मक रहेको छ । गत वर्ष पनि यही अवधिमा कम्पनी ईपीएस १.३९ रुपैयाँले ऋणात्मक रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.३२ रुपैयाँ रहेको छ ।
रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा निर्माणाधीन यो आयोजना १११ मेगावाट क्षमताको हो । हाल यो आयोजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ ।













