२७ श्रावण २०८३, बुधबार

संसद नभएको बेला बजेट नल्याउन योजना आयोगका ९ जना पूर्व उपाध्यक्षको आग्रह



काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्षहरुले पनि वर्तमान अवस्थामा प्रतिनिधी सभा विघटन भएको र संसदको अर्को सदनको समेत अधिवेश सञ्चालनमा नरहेका कारण बजेट स्थिगित गर्न आग्रह गरेको छ । उक्त समूहले संसद नभएपछि जेठ १५ मै बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था नभएको उल्लेख गरेको छ ।

‘आम सरोकारवालाको आग्रहलाई बेवास्ता गर्दै जबरजस्ती पूणर् बजेट ल्याउने, त्यसमा निर्वाचनलाई प्रभावित पार्नेगरी वितरणमुखि कार्यक्रम समावेश गर्ने, अत्यधिक सार्वजनिक ऋण लिने, राजश्व दर परिवर्तन गर्नेजस्ता काम गर्नू राजनीतिक नैतिकताको गम्भीर उल्लंघन हुने’ पूर्वउपाध्यक्षहरुले बताएका छन् । यस्तो कदमले राष्ट्रको आर्थिक क्षेत्रलाई अस्थिरतातर्फ धकेल्ने हुँदा सरकारलाई गम्भीर हुन उक्त समूहले आग्रह गरेको छ ।

आयोगका पूर्व उपाध्यक्षहरु पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, शंकर शर्मा, पीताम्बर शर्मा, दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, गोविन्दराज पोखरेल, मीनबहादुर श्रेष्ठ र स्वणर्ीम वाग्लेले उक्त बक्तव्यमा हस्ताक्षर गरेका छन् ।