सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन,यी हुन् इजलासमा तोकिएका न्यायाधीश
काठमाडौं । सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।
शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
बिहीबार सर्वाेच्च अदालतले सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय गरेको हो ।















