समता घरेलु लघुवित्तद्वारा बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिका भित्र सञ्चालित कोभिड अस्पतालको प्रभावकारी व्यवस्थापनका लागि संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाईएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर गर्दै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकार दिए ।
बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई ५ थान अक्सिजन कन्सन्नट्रेटर, केहि थान थर्मल थर्मोमिटर, सेनिटाइजर, अक्सिमिटर लगायत आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था बिच मर्जर कार्य सम्पन्न भएपछि गत बैशाख २ गतेदेखि समता घरेलु लघुवित्तको नामबाट राष्ट्रियस्तरको कार्यक्षेत्र सहित एकीकृत वित्तीय कारोवारको शुरुवात गरेको हो ।
हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत करिव ४७ हजार सदस्यहरुलाई लघुवित्त सेवा दिईरहेको छ । २८ करोड ५६ लाख चुक्ता पूजी रहेको यस वित्तीय संस्थाको हाल कर्जा लगानी २ अर्व ५८ करोड र निक्षेप ९१ करोड ६० लाख रुपैया रहेको छ ।












