बजेट ल्याउन मन्त्रिपरिषद बैंठक बस्याे, ४ बजे सार्वजनिक हुंदै
काठमाडौ । आगामी आर्थिक बर्ष २०७८÷ ७९ को बजेट आज ४ बजे सरकारले सार्वजनिक गर्ने छ । अर्थमन्त्रालय स्रोतका अनुसार यस वर्ष सरकारले लगभग १६ खर्ब बराबरको बजेट ल्याउन लागेको छ ।
गत शुक्रबार मध्यरातमा संसद विघटन गरेसंगै सरकारले यस वर्ष अध्यादेश मार्फत बजेट ल्याउन लागेको छ । बजेटको पुर्व स्वीकृतिका लागि ११ बजेबाट मन्त्रिपरिषद् बैंठक बसिरहेको छ ।
आज दिउँस ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजकि हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।













