२७ श्रावण २०८३, बुधबार

नेपालको प्रतिब्यक्ति आम्दानी १ हजार १९१ अमेरिकी डलर पुग्नेः अर्थमन्त्री पौडेल



काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्ने अर्थ मन्त्री विष्णु पौडेलले बताएका छन् । शनिबार आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै मन्त्री पौडेलले नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार १९१ अमेरिकी डलर पुग्ने बताएका हुन् । गत आर्थिक बर्षमा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार १२६ अमेरिकी डलर रहेको थियो ।

त्यस्तै, अर्थमन्त्री पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताएका छन् । श्रमिकले काम र रोजगारी गुमाएका छन्, संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता राखेको उनले बताए ।