४ हजार पुग्यो बृद्धभत्ता, १ हजार बढ्यो
काठमाडौं । सरकारले बृद्धभत्ता बढाएको छ । अव हरेक बृद्धबृद्धाले मासिक ४ हजार बृद्धभत्ता पाउने भएका छन ।
सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत बृद्धभत्ता बढाएको छ । बृद्धबृद्धाले यसअघि पाउँदै आएको ३ हजारबाट बढेर ४ हजार पुर्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रश्तुत गर्दै सामाजिक सुरक्षाभत्ताको लागी १ खर्व बजेट छुट्याएको छ ।
- कोभीड महामारीको रोकथाम र उपचार र खोपका लागि बजार केन्द्रित
- सबै सरकारी अस्पतालमा कोभीडको निशुल्क कोभीड परिक्षण
- १०० बेडभन्दा ठूला अस्पतालमा आफ्नै अक्सिजन उद्योग
- कोभीड समयभर अक्सिजन उद्योगलाई विद्युत् महशुलमा ५० प्रतिशत छुट
- सामुदायिक अस्पतालले अक्सिजन राख्न खोजे ५० प्रतिशत अनुदान
- स्वास्थ्यकर्मीलाई तलवको ५० प्रतिशत जोखिमभत्ता













