२ कार्तिक २०८३, सोमबार

अक्सिजन उत्पादन गर्ने उद्योगलाई विद्युत्मा ५० प्रतिशत छुट, स्वास्थ्य स्वयंसेविकाको भत्ता बढाएर १२ हजार रुपैयाँ



काठमाडौं । स्वास्थ्य स्वयंसेविकाले १२ हजार यातायात भत्ता पाउने भएका छन् । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८–०७९ को वर्षको बजेट सार्वजनिक कार्यक्रममा ५५ हजार स्वास्थ्यसेविकाहरुले पाउने भत्तालाई ३ हजार पाउने भत्तालाई बढाएर १२ हजार पुर्याएका हुन् ।

त्यस्तै, अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटमा ५० प्रतिशत पुँजीगत अनुदान दिने उनले बताए । त्यस्तै, कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने भएको हो ।