सरकारी कर्मचारीको तलव २ हजार बढ्यो
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–०७९ बजेट भाषणमा कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए । साउन १ गतेदेखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलवममानमा मासिक २ हजार वृद्धि गरेको अर्थमन्त्रीले बताए ।
कर्मचारीको १० लाखको सामूहिक दुर्घटना विमा र एक लाखको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निमार्ण गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।












