२७ श्रावण २०८३, बुधबार

अध्यादेशबाट बजेट ल्याउनु संवैधानिक बाध्यता भन्दै अर्थमन्त्रीद्वारा बचाऊ



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् पूणर् आकारको बजेट ल्याएको विषयको बचाउ गरेका छन् । चुनावी सरकारले तत्कालिन खर्च धान्नेखालको मात्रै बजेट ल्याउनु पर्नेमा पूणर् आकारको बजेट ल्याएको भन्दै विपछिहरुले चौथर्फि विरोध गरिरहेका बेला अर्थमन्त्रीले बचाउ गरेका हुन् । कतिपयले साउन १ गतेदेखि कार्यान्वयन हुने बजेट ल्याउन अहिले नै हतारिनु नहुने पनि बताउँदै आएका थिए ।

उनले संविधानमा जेठ १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था भएका कारण अध्यादेशबाट बजेट ल्याउनु परेको बताए । बजेट प्रस्तुत गरेको भोलिपल्ट पत्रकार सम्मेलनमा उनले भने, ‘प्रतिनिधी सभा नभएको अवस्थामा अध्यादेशमार्फत् बजेट ल्याउनुको विकल्प थिएन । संविधानको प्रबन्धअनुसार नै बजेट ल्याइएको हो ।’

मन्त्री पोडेलले बजेटको सबै पक्षले स्वागत गरेको दाबी गरे । ‘सबैले बजेट राम्रो छ भनेका छन् । कार्यान्वयन हुन सक्छ की सक्दैन भन्ने कुरा प्रमुख रुपमा उठाइएको छ,’ उनले भने, ‘हामीले कार्यान्वयन हुनसक्ने बजेट नै ल्याएका छौं । यसमा शंका नगर्न म सबैलाई आग्रह गर्छु ।’