सरकार तमासा हेरेर बस्दैन, खोप हाम्रो सर्वाधिक महत्वपूर्ण कार्यसूची होः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार सकेसम्म यही आर्थिक वर्षभित्रै सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप दिन प्रयत्नशील रहेको बताए । उनले बजेटपछिको पत्रकार सम्मेनलमा बोल्दै भने, ‘छिट्टै नै सञ्चारमाध्यमले सरकारलाई धन्यवाद दिएर समाचार र सम्पादकीय लेख्नेगरी खोपको प्रबन्ध गर्न सरकार लाग्छ ।’
खोप यतिबेला सरकारको सर्वाधिक महत्वपूणर् कार्यसूची भएको उनले सुनाए । ‘हामी यत्तिकै पर्खिएर, तमासा हेरेर बस्दैनौं, चूनौतिको सामना गर्छौं र कोभीडलाई नियन्त्रण गर्छौं,’ उनले भने । आम नागरिकलाई खोपको प्रबन्ध गरेर चाँडै नै अर्थतन्त्रलाई गतिशिल तुल्याउन सरकारले पुरा सामथ्र्य लगाउने उनले बताए ।












