सोमबार पनि बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति ?
कठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको मुल्य उकालो लागेको छ । आज सुन तोलामा २ सयले वुद्धि भएको हो । यस दिन सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ६० मा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।
हिजो आइतबार छापावाला सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो । भने चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।















