२ कार्तिक २०८३, सोमबार

बजेटमा नेपाली मिडिया जगतले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरुलाई सहीरुपमा संबोधन गरेकोमा प्रेस चौतारी नेपाललले स्वागत गर्यो



काठमाडौं । प्रेस चौतारी नेपाल सरकारले आर्थिक बर्ष २०७८÷७९ को बजेटमा प्रेस चौतारी नेपाललगायत नेपाली मिडिया जगतले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरुलाई सहीरुपमा संबोधन गरेकोमा हार्दिक स्वागत गर्दछ । बजेटले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रबद्र्धन र पत्रकारको क्षमता अभिबृद्धिका साथै कारोना महामारीमा परेका श्रमजीवी पत्रकार र मिडिया उद्योगलाई ठूलो राहत एबं आडभरोसा दिएको छ । यसले नेपाली मिडिया क्षेत्रको बृहत्तर विकास र मौलिक पहिचान स्थापनामा समेत महत्वपूर्ण योगदान पु¥याउने छ । नेपाल सरकारले नेपाली मिडिया जगतको वास्तविक अभिभावकत्व स्थापित हुने गरी यस्तो ऐतिहासिक बजेट ल्याएकोमा प्रेस चौतारी नेपाल गौरव महसुस गर्दछ र यसका निम्ति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय अर्थ मन्त्री विष्णु पौडेल, माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसहित सम्बद्ध सबैमा हार्दिक आभार एबं धन्यवाद ज्ञापन गर्दछ ।

बजेटमा श्रमजीवी पत्रकारको रु ७ लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने, आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सञ्चारकर्मीको पेशागत दक्षता अभिवृद्धी तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, नेपाली प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न सञ्चारग्राम परिसरमा प्रेस संग्रहालय स्थापना गर्ने, पत्रकार महासंघको भवनलाई पूर्णता दिन बजेटको ब्यवस्था गर्ने, कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृति र सञ्चारगृहलाई नवीकरण मिनाहा गर्ने, पुनरकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा सुविधा दिइनेजस्ता सिधै श्रमजीवी पत्रकार र कोरोनाले धर्मराएको मिडिया उद्योग लाभान्वित हुने अत्यन्तै राम्रा कार्यक्रम र आवश्यक बजेट समावेश गरिएका छन् । यस्तै बजेटमा सरकारी विज्ञापनमा सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चार माध्यमको न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने व्यवस्था पनि रहेको छ । बजेटमा सकमवेश गरिएका एनटीभी वल्र्ड सञ्चालन गर्ने, शैक्षिक च्यानल र मौसम च्यानल स्थापना गर्ने जस्ता विषय पनि स्वागतयोग्य छन् ।

प्रेस चौतारी नेपाल वर्तमान सरकारले बजेटमार्फत इतिहासमै एकसाथ एकैपटक नेपाली प्रेस जगतका मागलाई बृहत्तररुपमा संबोधन गरेकोमा पुनः हार्दिक आभार व्यक्त गर्दछ । साथै, यसको सफल कार्यान्वयन हुनेमा विश्वस्त हुँदै स्वरोजगारमूलक मिडियाको विकाससहित प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रको विकासका निम्ति उठाएका अन्य विषयको पनि समुचित संबोधनका निम्ति आग्रह गर्दछ ।