२७ श्रावण २०८३, बुधबार

केही खुकुलो बनाएर उपत्यकामा निषेधाज्ञा एक साता थप्ने निर्णय



काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको हो । तर, निषेधज्ञा गरिएका केही प्रावधान भने हटाउने भएको छ ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ । तर, यस विषयमा अन्तिम निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।