नेकपा एमालेको स्थायी कमिटी बैठक आज ४ बजे बस्ने, पार्टी एकताको बारेमा छलफल हुने
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । स्थायी कमिटी बैठक बुधबार ४ बजे बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
मंगलबार बसेको स्थायी कमिटीको बैठकले एकता जोगाउने निर्णय गरेको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले पार्टी एकताको प्रयास तथा त्यसको समीक्षात्मक छलफल हुनेछ ।
नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग नियमित छलफल भइरहेकोले एमाले एकता हुने पक्षमा रहेको छ । यसअघि थप १२ जना नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको भएपनि एमालेले कारवाही प्रक्रिया अगाडि बढाएको छैन । यद्यपि १२ जना नेताहरुबाट स्पष्टीकरणको जवाफ आएको छैन ।
असन्तुष्ट नेताहरुसँग नियमित औपचारिक र अनौपचारिक छलफल भइरहेकाले पार्टीले तत्काल कारवाहीको ठोस निर्णय नगर्ने सुवासचन्द्र नेम्वाङले बताए ।















