उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप, अब के-के खुला हुने ?
काठमाडौं । उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो।
वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ।
तर, किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म मात्रै खुला गर्न पाउने छन् ।













