बुधबार १०१ जनाको ज्यान गयो, ७२१९ कोरोना संक्रमणमुक्त भए
काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप १ सय १ जनाको कोरोना संक्तमणबाट ज्यान गएको छ । भने ७ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन ।
त्यसैगरी वितेको २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ५ लाख ७१ ह्जार १ सय ‼ जना पुगेको छ । भने हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ५५ जना पुगेको छ ।
त्यसैगरी वितेको २४ घण्टामा ७ हजार २ सय १९ जना निको भएसंगै कोरोना निको हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ ।देशभर ८ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । भने १ लाख १ हजार ९ सय ९३ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।













